कोहलपुर–सुर्खेत प्रसारण लाइन : ६ हजार २ सय ३६ वटा रुख काट्ने...
चैत १६, २०८० शुक्रबार
बर्दिया - बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोला देखेपछि स्थानीय नागरिक त्रसित भए ।
शुक्रबार राति मात्रै धनुषामा शंकास्पद झोला निष्क्रिय पार्न खोज्दा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको थियो । त्यो खबरले पनि स्थानीयले शंकास्पद झोलामा बम छ कि भन्ने आशंकाले प्रहरीलाई खबर गरे । ठाकुरबाबा नगरपालिका–२ सिँहवाहिनी क्याम्पस नजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेस फेला परेको छ ।
शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।
हिँडडुल गर्नेलाई भने सडकदेखि तलतिरबाट आवतजावत गर्न दिइएको थियो । सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेस फेला पारेको हो ।
दिउँसाे सवा १२ बजेपछि यातायात सञ्चालन भएको छ ।
शनिबार बिहान राजमार्गमा पर्ने भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो । अगाडि प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेससहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।