जडीबुटी संकलन गर्न जाने क्रममा बेपत्ता भएका १२ जनाकाे हेलिकाेप्टरबाट उद्धार गरिने

 मंसिर ३०, २०७६ सोमबार १०:२६:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका जुम्ला तिला गाउँपालिका ९ को ढिपुगाउँका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ ।  

बेपत्ता भएकाहरुको उद्धार गर्न सुर्खेतमा हेलिकोप्टरको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी  दिनुभयो । 

उहाँका अनुसार स्थान पत्ता नलागेमा तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर रोकायालाई उद्धार टोलीसँगै सदरमुकामबाट पठाउने तयारी भएको छ । हेलिकोप्टर उडानका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै प्रक्रिया पूरा गरेको  छ । 

प्रदेश सरकारका कानुन मन्त्री नरेश भण्डारीका अनुसार सुर्खेतमा भिजिबिलिटी कम भएकाले तत्काल हेलिकोप्टर उडन गर्न सकिएको छैन तर उडानको लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।  

शेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना गएको चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार सेतक चिनी, भुल्ते लगायतका जडीबुटी सङ्कलन गने भनेर उनीहरु पाटनतर्फ लागेका थिए ।

बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया