पाेखरा प्रिमियर लिग : धनगढीले दियाे विराटनगरलाई १ सय १८ रनकाे लक्ष्य

 मंसिर ३०, २०७६ सोमबार ११:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई एक सय १८ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १७ रन बनायो । 

सुरुवात राम्रो गर्न नसकेको धनगढीले पाँच रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सन्दीप सुनार मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि ३२ रनमा दोस्रो विकेट गुमाएको धनगढीले ४० रनमा तेस्रो विकेट गुमायो । विदेशी खेलाडी रोद्रिगो थोमस १६ रनमा आउट भए भने कप्तान दिपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् ।

धनगढीको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रनमा चौथो विकेट गुमाएको उसले ७९ रन बनाउँदा सात विकेट खेर फाल्यो । 

धनगढीका श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । त्यसपछि सौरभ खनाल १२ रनमा बाहिरिँदा धनगढीले ९८ रनमा आठ विकेट गुमाउन पुग्यो ।

धनगढीका लागि अन्तिममा कमलसिंह ऐरीले २६ रनको योगदान गरे । बलिङतर्फ विराटनगरका लागि साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया