काेठा ताताे बनाउन भन्दै काेइला बालेर सुतेका आमा-छाेराकाे ज्यान गयाे

 मंसिर ३०, २०७६ सोमबार ११:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ ।  

कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उहाँको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ । 

एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए । श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । 

अक्सिजन अभावका कारणका ज्यान गएको हुनसक्ने प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया