जडीबुटी संकलन गर्न गएका १२ जना चार दिनपछि सकुशल घर फर्किए

 मंसिर ३०, २०७६ सोमबार १२:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका जुम्ला तिला गाउँपालिका ९ को ढिपुगाउँका १२ जना सकुशल घर फर्किएका छन् । 

जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन सकेका थिएनन् । उनीहरु सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर पाटनतर्फ गएका थिए ।  

जडीबुटी संकलन गर्न गएकाहरुमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा थिए । 

आफूहरु सकुशल घर आइपुगेको बेपत्ता भएकामध्ये छविराज बोहराले फोन गरेर जानकारी दिनुभएको हो । ‘हामीहरु चाँडै नै घर फर्किने मनसायमा थियौँ तर हिमपातका कारण बाटोमा नै राकिनु पर्‍याे । सबै जना सकुशल घर फर्कियौँ’, उहाँले भन्नुभयो । 

यसअघि जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिने तय भएको थियो । 

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया