पाेखरा प्रिमियर लिग : धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हरायाे

 मंसिर ३०, २०७६ सोमबार १३:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए । 

त्यस्तै श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । सौरभ खनाल ले १२ रन जोडे । 
बलिङतर्फ विराटनगरका लागि साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए ।

१ सय १८ रनको सामान्य लक्ष्य पछ्याएर मैदानमा उत्रिएको विराटनगर निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमा सीमित भयो । विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए । त्यस्तै सुनिल धमलाले १८ तथा पुनित मेहराले १५ रन जोडे । 

बलिङतर्फ धनगढीका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राखेर १९ रन दिँदै ३ विकेट हात पारे । त्यस्तै सागर ढकालले १ विकेट लिए । 

त्यस्तै आजकै दाेस्राे खेलमा काठमाण्डाै गाेल्डेन्स वारियर्स र बुटवल ब्लास्टर्स खेलिरहेका छन् । बुटवलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकाे छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया