यति एयरलाइन्सले हिमालयन शेर्पालाई थप एक वर्षका लागि प्रायाेजन गर्ने

 मंसिर ३०, २०७६ सोमबार १४:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई यति एयरलाइन्सले मुख्य प्रायोजन गर्ने भएको छ । 

‘ए’ डिभिजन लिग खेल्ने तयारीमा रहेको हिमालयन शेर्पालाई एक वर्षका लागि यति एयरलाइन्सले प्रायोजन गरेको हो । एक वर्षका लागि यतिले हिमालयन शेर्पालाई २० लाख रुपैयाँ प्रदान गर्नेछ । 

यति एयरलाइन्सले हिमालयन शेर्पासँग लगातार तेस्रो वर्ष सम्झौता लम्ब्याएको हो । यस पटकको लिगमा शेर्पाको लक्ष्य शीर्ष चारमा रहने छ ।

लिगका लागि शेर्पाले तीन विदेशी खेलाडीसहित २२ खेलाडी अनुबन्ध गरेको छ । लिगका लागि शेर्पाले ८० देखि ९० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । 

लिगका लागि खेलाडीको सूची

भिसोन गुरुङ, त्रिदेभ गुरुङ, आशिष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवश उरा, विकाश थुलुङ, किशोर गिरी, गिल्सोन कन्दन्वा, निरज बस्नेत, कैलाश बस्नेत, छिरीङ तामाङ, अभि पौडेल, विश्वन, चोपबहादुर उचानी, रवी थापामगर, विनोद गुरुङ, राम्जे, अब्दुल्ला र स्टिभ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया