वैदेशिक रोजगारीबाट फर्किएकालाई निःशुल्क सीप परीक्षणको अवसर

 मंसिर ३०, २०७६ सोमबार १६:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई निःशुल्क सीप परीक्षणको व्यवस्था गरेको छ । आफू गएको देशबाट सिकेर ल्याएको सीपको निःशुल्क परीक्षण गरी  प्रमाणपत्र लिन वैदेशिक रोजगार बोर्डले आह्वान पनि गरेको छ ।

सीप परीक्षण्को लागि आउँदो पुष ११ गतेभित्र निवेदन पेश गरिसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डकाअनुसार मंसिर १२ गते गोरखापत्रमा प्रकाशित भएको सूचना वा बोर्डको साइट र राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइटमा रहेको सूचना बमोजिम सातै प्रदेशबाट आवेदन फारम संकलन हुनेछ ।

यस्तै वैदेशिक रोजगारबाट फर्किएका कामदारको हकमा नियमअनुसारको सीप परीक्षण शुल्क, सीप उत्तीर्ण प्रमाणपत्र, प्रवेशपत्र तथा राहदानीको आधारमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट सोधभर्ना पनि दिइने बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया