चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आर्यघाटमा अन्त्येष्टि

 मंसिर ३०, २०७६ सोमबार १७:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा अभिनेता केशव भट्टराईको अन्त्यष्टि भएको छ ।

उहाँकाे साेमबार पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो । यस अघि भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो ।

उहाँहरुलाई श्रदान्जली दिन कलाकार तथा केही नेताहरु पनि पुगेका थिए । भट्टराईको हिजो बेलुका सवा १० बजे निधन भएको थियो । भट्टराईको हृदयाघातका कारण ज्यान गएको डाक्टरले बताएका छन् ।

३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराई एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो । आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला लगायतका चलचित्र निर्माण गरेका भट्टराईले दर्जनौँ चलचित्रमा अभिनय समेत गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया