नेकपा स्थायी कमिटी बैठकमा सदस्यहरुकाे बाेल्ने क्रम सकिएन : भाेलि पनि बस्ने

 मंसिर ३०, २०७६ सोमबार १८:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाका १२ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् ।

उनीहरुले प्रतिवेदनमाथि आफ्नो धाराणा राख्दै संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनेबारे सुझाव दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा साेमबार बसेको स्थायी कमिटी बैठकमा नेताहरुले महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संसोधन प्रस्तावमाथि पनि आफ्नो धारणा राखेका नेकपाले जनाएको छ । नेताहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भिम रावल, योगेश भट्टराई, पम्फा भुषाल, देवेन्द्र पौडेल, गणेश शाह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले आज राजनीतिक प्रतिवेदनमाथि बोलेका हुन् ।

स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम नसकिएकोले बैठक मंगलबार पनि बस्ने भएकाे छ । मंगलबारको बैठक पनि बिहान ११ बजे धुम्बाराहीमै बस्ने नेकपाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया