कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
माेरङ - सुनसरीको चतराका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा भनेर चिनिने कृष्णदास माथि अनुसन्धान गर्न प्रहरीलाई सुनसरी जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ ।
अनुयायीमाथि बलात्कार गरेको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले अनुसन्धानकालागि थप ७ दिनको म्याद दिएको हो ।
सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरीलाई अनुसन्धानका लागि म्याद थप गरेको हो । यो सहित अदालतले म्याद थप गरेको तेश्रो पटक हो ।
सोमबारबाट लागू हुनेगरी थप भएको ७ दिनमा प्रहरीलाई थप अनुसन्धान गरी उपस्थित गराउन भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माका अनुसार अदालतको आदेश बमोजिम तत्कालका लागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको छ ।
dhama paudyal
Dec. 16, 2019, 8:26 p.m.बिरामी नै नभै बिरामी भएको नाटक गरेर सुबिधा सम्पन्न अस्पताको सैया मा बस्ने यो ढोगी लाई झुटा नाटक गरेको मा पनि थप सजाय हुनु पर्छ ।