उदयपुरबाट ‘विप्लव’ समूहका केन्द्रीय नेतासहित दुई जना पक्राउ

 पुस १, २०७६ मंगलबार १९:५४:११ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक केन्द्रीय नेतासहित दुई जना पक्राउ परेका छन् ।

कटारी नगरपालिका–६, रिस्कु धप्परबाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको षडानन्द नगरपालिका-१३ का दिपेश राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नेपाल टेलिकमको सिम २२ थान, एनसेलको  सिम १६ थान, स्मार्ट टेलिकमको सिम १ थान, स्काइ सिम १थान र नगद ३२ हजार ९०० रुपैयाँ बरामद गरिएको छ ।

राई र थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । यसअघि पनि राईलाई बम बिष्फोट र थापालाई सार्वजानिक मुद्दामा पक्राउ गरेर छोडिएको प्रहरीकाे भनाइ छ। 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया