सुरक्षित वैदेशिक रोजगारीका विषयमा हेटौंडामा वक्तृत्वकला प्रतियोगिता

 पुस ३, २०७६ बिहिबार १३:२४:३३

मकवानपुर – हेटौंडामा सुरक्षित वैदेशिक रोजगार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइएको छ । 

हेटौंडा उपमहानगर पालिकाले आयोजना गरेको कार्यक्रममा हेटौंडाका ८ वटा माविका ११ जना विद्यार्थीको सहभागिता थियो । प्रतियोगितामा उत्कृष्ट ४ विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको उपमहानगरले जनाएको छ । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले वैदेशिक रोजगारीको नाममा हुँदै आएको ठगीलाई घटाउन र सामाजिक रुपमा देखिएको नकारात्मक असरलाई कम गर्न पालिकाले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिम तिमल्सिनाले जिल्लामै पहिलो पटक आप्रवासी कामदार दिवस मनाईएको बताउनुभयो । 

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको दुईपक्षीय सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालय र पालिकाको नेतृत्व तथा हेल्भेटास स्वीस ईन्टरकोअपरेस नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित  आप्रवासन सामी परियोजना अन्तर्गत हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया