जुम्लामा कुलोकाे बहु-उपयाेग : सिँचाइ पनि, बिजुली पनि

 पुस २२, २०७६ मंगलबार १८:२८:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको तिला गाउँपालिकाको दुर्गम गाउँ पुरुमा एउटै कुलोबाट सिँचाइ र विद्युत उत्पादन गरिएको छ । कुलोको बुहउपयोगितापछि स्थानीयलाई खेतिपाती गर्न सहज भएको छ भने बिजुलीबाट गाउँ नै झिलिमिली भएको छ । 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम अन्तर्गत स्थानीय संस्था पेस नेपालले पक्की कुलाेको निर्माण गरेको हो । ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजना अन्तर्गत निर्माण गरिएको पक्की कुलोको पानीले गाउँको १६ हेक्टर जमिनमा सिँचाइ गरिएको छ ।

पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले कुलो निर्माणको लागि ५२ लाख रुपैयाँ लागत लागेको जानकारी दिनुभयो । कुलोको १ हजार ७५ मिटर लम्बाइमध्ये ५ सय ८८ मिटर पक्की गरिएको उहाँले बताउनुभयो ।

कुलोबाट उत्पादित ११ किलोवाट बिजुलीले १८ घरधुरीमा बत्ती बाल्न पुगेको छ । लसुनडाँडी बहुउदेश्य सिँचाइ योजनाका सचिव नरेन्द्र बिकले कुलोबाट पानी घट्ट सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया