महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
इलाम - इलाममा दाजुको कुटाइबाट भाइले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेमा सुर्योदय नगरपालिका १२ का ४६ वर्षीय हर्कबहादुर रसाइली रहेकाे इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।
हर्कबहादुरलाई ४८ वर्षीय दाजु रामबहादुर रसाइलीले पारिवारिक झगडा हुँदा काठको पिर्काले हानेर घाइते बनाएकाे पारिवारले जानकारी दिएकाे छ । दाजुको कुटाइबाट घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचार गरेपछि उनका छोराले साेमबार राति आफ्नै घरमा लगेर सुताएका र बिहान उनलाई ओछ्यानमा मृत अवस्थामा भेट्टाइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिनुभयाे ।
कुटपिट गरी हत्या गरेकाे आराेप लागेका दाजु रामबहादुर भने अहिले फरार रहेकाे प्रहरीले जनाएकाे छ ।