माघकाे पहिलाे दिन नेप्से परिसूचक २० अंकले बढ्यो

 माघ १, २०७६ बुधबार १६:५४:५३ | रासस
unn.prixa.net

काठमाण्डाै - पुस मसान्तमा घटेको शेयर कारोबार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २०।८५ अंकले बढेर एक हजार २८४।२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४।६८ अंकले बढेर २७८।९७ मा पुगेको छ । परिसूचक २० अंकले बढ्दा कारोबार रकम भने ९० करोडमा समेटिएको छ ।

स्टकका अनुसार बुधबार जम्मा १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँमा खरीदबिक्री भयो । 

कारोबार भएका जम्मा १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ३।५४ अंकले घट्दा उत्पादन १६।०६ र अन्य उपसमूहको शेयर ०।८४ अंकले गिरावट भएको छ । बैंकिङ २७।१६, व्यापार ६३।४७, विकास बैंक ३५।४२, जलविद्युत् ४।२९, फाइनान्स २०।१२, निर्जीवन जीवन बीमा २३।६३, माइक्रोफाइनान्स २७।२, जीवन बीमा ८१।०७ र सामूहिक लगानी कोष ०।०६ अंकले बढेका छन् । 

बुधबार सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोबार भयो । यस बैंकको शेयर सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो । यस्तै एनएमबी बैंकको रु तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भयो । 

आज सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले ९।९८ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ९।९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९।८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु ९।८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९।७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९।४७ प्रतिशतले कमाए । 

स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७।२७ प्रतिशतले गुमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २।७५, शिवम् सिमेन्टस् लिमिटेड २।६५, सानिमा बैंक ९ऋणपत्र० २, दिव्यश्वरी हाइड्रोपावर १।८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १।७८ प्रतिशतले गुमाए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया