नेपाल एअरलाइन्स भ्रमण वर्षको आधिकारिक वायुसेवा कम्पनी : संयुक्त कार्यक्रम हुने

 माघ १, २०७६ बुधबार १७:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगम नेपाल भ्रमण वर्ष २०२० को आधिकारित वायुसेवा कम्पनी घोषणा भएको छ ।

 बुधबार काठमाण्डौमा एक कार्यक्रमका बीच नेपाल वायुसेवा निगम भ्रमण वर्षको आधिकारिक वायुसेवा घोषणा भएको हो । सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमणवर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेबसाइटलाई होम पेजको रुपमा प्रयोग गर्नेछन् ।

नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्‍याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ ।

यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइने निगमले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया