कन्हैया कुमारकाे लाेकप्रियताले माेदी सरकार चिन्तित !

 माघ २, २०७६ बिहिबार १२:३०:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारको लोकप्रियता बढ्दो छ । यही लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिन्तित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले एक प्रतिवेदनमा भनेको छ । 

रोयटर्सले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘युवा र पहिलो पटक मतदान गर्न गइरहेको मतदाताबीच कन्हैया कुमारको लोकप्रियताले मोदी सरकार चिन्तित छ ।’ प्रतिवेदनमा स्रोतको नाम उल्लेख गरिएको छैन । 

रोयटर्सका अनुसार केन्द्र सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनलाई प्राप्त हुने आर्थिक सहयोगलाई नजिकैबाट हेरिरहेको छ । 

यससम्बन्धमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग कुराकानी गरियो तर कुनै जवाफ नपाइएको समाचार संस्था रोयटर्सले बताएको छ । 

भारतकै प्रख्यात विश्वविद्यालयमध्ये एक विश्वविद्यालयको प्राङ्गणमा उभिएर एउटा युवा नेता उत्साही समर्थकलाई देखेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक कठिन चुनौती दिन्छ । 

‘भारतको योजना खतरामा छ’ उत्तर–पूर्वी बिहारका वामपन्थी राजनेता कन्हैया कुमार भन्छन्, ‘हामी रोकिने छैनौँ । सरकारले शक्ति प्रयोग गरोस् । उनीहरुले प्रहरी पनि परिचालन गरुन्’, एकछिन रोकिएर फेरि भन्छन्, ‘उनीहरुलाई गलत साबित गर्न हामी उदाउने छौँ । सुन, मोदी !’

कन्हैया कुमारले स्टेजबाट ‘स्वतन्त्रता’ भनिरहँदा उपस्थित भएकाहरुले त्यही शब्दलाई निकै जोडका साथ दोहोर्याउँथे । कन्हैया कुमार कहिले हात हावामा उडाउँथे त कहिले आफ्नो हात घाँटीमा बेरिएको रातो गलबन्दीमा पुर्‍याउँथे । 

३३ वर्षीय बिहारका राजनीतिज्ञ मोदी सरकारका लागि चिन्ता र चुनौतीको विषय बनेका छन् । कन्हैयाले गएको डिसेम्बरमा पेस गरिएको हिन्दू राष्ट्रवादीलाई बल पुग्ने नागरिकता संशोधन कानुन (सीएए) को पनि खुलेर विरोध गरेका छन् । आलोचकहरुले सीएएले भारतमा रहेका मुस्लिम अल्पसङ्ख्यक सीमान्तकृत गर्ने र धर्मनिरपेक्ष नीतिलाई कमजोर पार्ने बताएका छन् । 

विरोध प्रदर्शनमा एक जना नेतामात्र छैनन्, विश्वविद्यालय परिसरमा सफाइ गरिरहेका र केही छात्रहरुले हङकङमा सरकार विरोधी प्रदर्शनबाट प्रेरित भएको बताउँछन् । तर विरोधमा सहभागी भएकाहरुको बीचमा कन्हैया कुमारको ‘स्वतन्त्रता’ गान सर्वत्र बजाइन्छ । 

मोदीले बलियो बहुमतका साथ लगातार दोस्रो राष्ट्रिय चुनाव जितेपछि भारतीय कम्युनिस्ट पार्टीको गुटले भनेको छ, ‘कन्हैया कुमारको राष्ट्रियस्तरमा प्रभाव निकै कम छ ।’ तर प्रधानमन्त्रीका वरिष्ठ सहयोगीका अनुसार कन्हैया कुमारको लोकप्रियकता र सन्देश मोदी सरकारको नीतिलाई कमजोर पार्न सक्छ र राजनीतिकरुपमा पनि कमजोर पार्न सक्छ । 

कुमारको सन्देशले मोदीले बढ्दो बेरोजगारी हटाउन र लाखौँ भारतीय युवालाई रोजगारी दिन विफल रहेको आरोपलाई केन्द्रित गरेको छ । साथै मोदीको कट्टर हिन्दूत्ववादी नीतिले धर्मनिरपेक्षतालाई हटाउन र मुसालमान जस्ता अल्पसङ्ख्यकको लागि जीवन जिउन मुश्किल भइरहेको छ । 

रोयटर्ससँगको एक टेलिफोन अन्तर्वार्तामा उनको नीतिको बारेमा सोधेपछि कन्हैयाले संविधानलाई समर्थन गर्ने वचन दिने बाहेक राजनीतिक प्रतिज्ञा गर्न नकार्दै आफ्नो मुख्य उद्देश्य सरकारको ध्यान केन्द्रित रहेको बताए । 

‘मोदीले आफ्नो दोषपूर्ण रेखाहरु हटाउनको लागि धर्मको प्रयोग गरेका हुन् र रोजगारीको सिर्जना गर्न पनि उनी चुके । यसलाई कसैले पनि नभुलुन्’, कन्हैयाले भने । 

विपक्षीको समर्थन, सामान्य पारिवारिक पृष्ठभूमि र धर्मनिरपेक्षताको समर्थनमा आवाज उठाएको हुनाले कन्हैया कुमारको लोकप्रियता दिन प्रतिदिन बढिरहेको बताइन्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया