साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
दाङ – दाङकाे चिसापानीमा माेटरसाइकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसीकाे ज्यान गएको छ ।
बिहीबार राति पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ काे चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक केसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते हुनु भएका केसीलाई उपचारका लागि नेपालगञ्ज लैँजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले बताएकाे छ । तीव्र गतिका कारण माेटरसाइकल दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।