सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित
चैत ६, २०८० मंगलबार
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले महेन्द्र सिंह धोनीलाई नयाँ केन्द्रीय सम्झौताबाट हटाएपछि उनले अन्तराष्ट्रिय क्रिकेटबाट अब चाँडै सन्यासको घोषणा गर्ने अनुमान गरिएको छ ।
केन्द्रीय अनुबन्धमा नभएपछि क्रिकेटरहरुलाई बीसीसीआईले पारिश्रमिक दिँदैन । बुधबार मात्रै बीसीआईले अनुबन्ध गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्दा धोनीको नाम राखिएकाे थिएन ।
धोनी विश्वकपपछि भारतीय टिममा पनि परेका छैनन् । तर, धोनी बिहीबार एकाएक नेट अभ्यासका क्रममा देखा परे । उनले आफ्नो घरेलु टिम झारखण्डका खेलाडीसँग अभ्यास गरेका हुन् ।
झारखण्ड क्रिकेट एसोसिएशनकाे स्रोतले स्थानीय सञ्चार संस्था पीटीआईसँग कुराकानी गर्दै धोनी टीमलाई नभनी अभ्यास गर्न आएका र यो उनका लागि शानदार अनुभव रहेकाे बताएकाे थियाे । उनले केही समयको लागि नेटमा ब्याटिङ्ग गरे । उनको त्यहाँ आउने बारेमा कसैलाई कुनै पनि सूचना नभएको बताइएको छ ।
गत वर्ष उनी यस सम्झौताको ग्रेड ‘ए’ मा थिए तर यस पटक भने यस्तो गरिएन । उनलाई पहिला ग्रेड ‘ए’ मा पाँच करोड दिइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले धोनीको सम्झौताबाट टाढा हुनको कारण कम खेलहरु भएको बताइएको छ ।