यस हप्ता ९७ दशमलव ११ अंकले बढ्यो नेप्से

 माघ ३, २०७६ शुक्रबार १९:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यो हप्ता शेयर बजारमा नेप्से ९७ अङ्कले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्बले कमाएका छन् । 

गएको हप्तामा १५ खर्ब ४६ अर्ब ५८ करोड ५५ लाख २० हजार रुपैयाँ बजार पुँजीकरण रहेको धितोपत्र बजारमा यो हप्ता कम्पनीहको शेयर मूल्यमा उच्च वृद्धी हुँदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ४९ अर्ब ५३ करोड ५ लाख ३० हजार रुपैयाँले बढेको छ । जसका कारण बजार पुँजीकरण १६ खर्ब ७९ अर्ब २५ करोड ५३ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

यो साता शेयर बजारमा परिसूचक नेप्से ९७ दशमलव ११ अङ्कले बढेको छ । अघिल्लो साताको बिहीबार १ हजार २ सय १३ दशमलव १२ अङ्कमा बन्द भएको बजार यो साता झण्डै १ सय अङ्कले बढेर १ हजार ३ सय १० दशमलव २३ अङ्कमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि यो साता १८ दशमलव ६१ अङ्कले बढेर २ सय ८२ दशमलव ८७ अंकमा बन्द भएको छ ।

कारोबार रकममा पनि यो साता ५७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । यो साता ६ अर्ब ६७ करोड २० लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता ४ अर्ब २२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यो साता सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । यो बैंकको २६ करोड ७६ लाख ३० हजार रुपैयाँ बराबरको शेयर करोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको शेयरको कारोबार २२ करोड ५३ लाख ६० हजार रुपैयाँको भएको छ ।

२० करोड भन्दा माथिको शेयर कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स (२२ करोड २६ लाख) र हिमालयन डिस्टिलरी (२१ करोड ९ लाख) रहेका छन् ।यो साता नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंकको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव २ कित्ता शेयर सूचिकृत भएको छ ।

बैंक मर्ज भएपछि यो बैंकको शेयर पुनः सूचिकृत भएको हो । त्यस्तै सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर पनि नेप्सेमा सूचिकृत भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा बैंकहरुले शेयर धितोमा कर्जा बढाएका छन् । जसका कारण बजारमा लगानी बढ्न गई नेप्से सकारात्मक बनेको छ ।

 त्यस्तै अधिकांश कम्पनीहरुले नगद लाभांश शेयरधनीको खातामा पठाइसकेकाले पनि शेयर बजारमा लगानी बढ्न गई शेयरको माग बढेको र मूल्यमा वृद्धि भएको विश्लेषण गर्न सकिन्छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया