निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड दिने मिति सारियो

 माघ ३, २०७६ शुक्रबार २०:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमाा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो ।

पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइनेछ । अदालतले दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिइने अदालतले जनाएको हाे ।

यसपघि जनवरी २२ अर्थात माघ ८ गतेको लागि फाँसीको सजाय सुनाइएको थियो । तर, दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो ।

घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । राष्ट्रपतिले जीवन रक्षाको अपिल खारेज गरेपछि अदालतका अधिकारीहरुले चार जना दोषीको विरुद्धमा नयाँ डेथ वारेन्टी जारी गरेकोे हो ।

सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

यस्ताे थियाे घटना

सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए । चार जना दोषी बाहेक एक प्रमुख आरोपित राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।

घटना हुँदा नाबालिग रहेका एक जना अपराधीलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।

अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया