अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
गोरखा - हिमपहिराेका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ ।
चुमुनुब्री गाउँपालिका वडा नं ४ को नामरुङमा बाटोमाथि लगातारको हिमपातपछि थुप्रिएको हिउँ पहिराेकाे रुपमा खस्दा पदमार्ग अवरुद्ध भएको वडाअध्यक्ष पेमा डुण्डुप लामाले बताउनुभयो ।
नामरुङ गाउँभन्दा करिब ५ सय मिटर माथिबाट खसेको हिउँपहिरो बुढीगण्डकी नदीसम्म पुगेको उहाँको भनाई छ । पदमार्गको करिब २५ मिटर क्षेत्रमा हिउँसहितको पहिरो थुप्रिएको लामाले बताउनुभयो ।
फेरि पहिरो खस्ने सम्भावना भएकाले तत्काल पदमार्गको पहिरो पन्छ्याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, चुमनुब्री गाउँपालिका वडा नं. २ को भर्जम गाउँको तल र माथि तथा भर्जमथांकामा पनि हिमपहिरो गएको वडा अध्यक्ष पेम्बारेता लामाले बताउनुभयो । हिमपहिरोबाट मानवीय क्षति नहोस भनेर यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।
स्थानीयसँगको समन्वयमा पहिरो हटाउन तथा थप सुरक्षा अपनाउनका लागि प्रहरी चौकी लार्केका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर बानियाँको नेतृत्वमा प्रहरी परिचालन गरेको उहाँको भनाई छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।