मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै - देशभरकै मौसम अहिले खुल्दै गएको छ ।
केही ठाउँमा अहिले घाम पनि लागेको र धेरैजसो ठाउँमा बिहान लागेको बाक्लो कुहिरो हट्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार धेरै ठाउँमा वर्षा र हिमपात गराएको पश्चिमी वायु कमजोर हुँदै गएकाले मौसम खुल्दै गएको हो ।
अहिले मौसम खुल्दै गए पनि बेलुकीतिर मध्य र पश्चिमको केही ठाउँमा हल्का पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । विशेषगरी रोल्पा रुकुमतिर पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान रोकिएको उडान र अवतरण अहिले भइरहेको छ । कुहिरो लागेर भिजिबिलिटी कम भएसँगै बिहानअवरुद्ध भएकाले उडान र अवतरण अहिले भइरहे पनि आज दिनभर नै तालिका भने प्रभावित हुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।