धादिङ ट्रक दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ७ पुग्यो, सबैको सनाखत

 माघ ७, २०७६ मंगलबार २०:२०:५५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ : धादिङको निलकण्ठ नगरपालिका-८, ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने मृतक सबैकाे परिचयसमेत खुलेकाे छ ।

ज्यान गुमाउनेहरुमा नीलकण्ठ नगरपालिका-२, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानाकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौको ट्रमा सेन्टरमा  पठाइएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानाकारी दिनुभयो ।

धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको  थियो । घाइते भएकामध्ये बाँकी सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया