१० खेलाडीमा सीमित आर्सनल चेल्सीसँग अङ्क खाेस्न सफल

 माघ ८, २०७६ बुधबार ८:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले दुई–दुई गोलको बराबरी खेलेका छन् । 

स्ट्याम्फर्ड ब्रिजमा भएको खेलको २६ मिनेटमा डेविड लुइज रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसपछि चेल्सीले दुई पटक अग्रता लिँदा आर्सनलले पनि दुई गाेल गर्दै अङ्क खोस्न सफल भयो ।

लुइजले आफ्नो पूर्व क्लबका खेलाडी ट्यामी अब्राहमलाई पेनाल्टी एरियामा लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसलाई जर्जिन्होले गोलमा परिणत गरेका थिए । उसकाे अग्रता पहिलो हाफमा कायम रह्यो ।

खेलकाे ६३औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ८४औँ मिनेटमा सेजर एजपिलीक्वेटाले गोल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाए । तर तीन मिनेटपछि हेक्टर बेलेरिनले गोल गरेपछि चेल्सी अङ्क बाँड्न बाध्य भयो ।

चेल्सी ४० अङ्कसहित चौथो स्थानमा छ । आर्सनल भने ३० अङ्कसहित दशौं स्थानमा छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया