साउदी अरबमा ज्यान गुमाएका पाल्पाका माेहन जर्घाकाे शव नेपाल ल्याउन समस्या

 माघ ८, २०७६ बुधबार ८:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका ४ देवीनगरका मोहन जर्घाको शव नेपाल ल्याउन समस्या भएको छ ।

साउदी अरब पुगेको २२ दिनमै सडक दुर्घटनामा परेर २२ वर्षीय जर्घाकाे गएको पुस २३ गते उहाँकाे ज्यान गएकाे थियाे । उहाँकाे शव नेपाल ल्याउन समस्या भएको परिवारले बताएका छन् ।

आफूले चिनेजानेका र सहयोग गर्ने कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको उनीहरुको गुनासो छ ।

जर्घा राेजगारीकाे सिलसिलामा काठमाण्डाैकाे सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदीको रियाद पुग्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया