अब विदेशी पर्यटकका लागि एनसेलकाे ‘टुरिस्ट सिम’ : सस्ताे दरमा भ्वाइस र डेटा सेवा

 माघ ८, २०७६ बुधबार १६:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना‘टुरिष्ट सिम’ लिन सक्ने भएका छन् ।

याे याेजना भ्रमण वर्ष २०२० को अवसरमा ल्याइएको र माघ ८ गते बुधबार अर्थात् आजबाट सञ्चालनमा आएको कम्पनीले जनाएकाे छ ।

यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्छन्।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित एक सय रुपैयाँमा टुरिष्ट सिमसहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रुपैयाँकाे  मेन ब्यालेन्स र तीनदिन समयावधि भएको १ जीबी डेटा पाउँछन् ।

यो सिममा पे एज यु यो रेट भने लागु नहुने जनाउँदै पर्यटकहरुले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच प्याकमध्ये कुनै एक प्याक लिन सक्ने कम्पनीले जनाएकाे छ ।

पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएका कम्बो प्याकहरुमा तीनदिने प्याकको कर सहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।

७जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् ।  

अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याकलिन सक्छन् । २८ दिने प्याकअन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवाप्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याकअन्तर्गत कर सहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउनेछन् ।

सिम र सेवा कसरी लिने?

पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिएपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार  गर्न सक्नेछन् ।

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागिअल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमाल्याउनपाएकोमा कम्पनिहर्षित रहेको एनसेलले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याइएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । 

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिन पर्यटकले आफ्नो एक थान पासपोर्ट साइजफोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया