भक्तपुरमा माेटरसाइकल पल्टिँदा एक जनाकाे ज्यान गयाे

 माघ ९, २०७६ बिहिबार ७:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरको चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा एक जनाकाे ज्यान गएकाे छ । 

माेटरसाइकल दुर्घटनामा दुवाकोट बस्दै आएका सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हाे ।

बुधबार राति चाँगुनारायण नगरपालिका २ काे महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनापछि घाइते भएका वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया