राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ बाट ३०३ मत खस्यो : आजै परिणाम आउने

 माघ ९, २०७६ बिहिबार १७:१:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा ३०३ मत खसेको छ । ३०५ जम्मा मतदाता रहेकोमा दुई मतदाता सहभागी नभएकाले जम्मा ३०३ मत मात्र खसेकाे हाे ।

प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता सहभागी नभएका हुन् । विपक्षी दलका नेता प्रदेश सांसद बलदेब शर्मा पोखरेलको निधन भएका कारण मत परेन । बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव बिरामी भएका कारण मतदान गर्न सहभागी हुन सक्नुभएन।

प्रदेशका ८६ जना प्रदेश सांसदले मतदान गरेका छन् भने स्थानीय तहका प्रमुख एवं उपप्रमुख दुई १७ जनाले मतदान गरेका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य करिब पौने ३ बजे सकिएको थियो । जिल्ला समन्वय समितिमा मत गणना सुरु हुँदैछ । आजै परिणाम घोषाणाको तयारी छ ।

प्रदेशमा तीन पदका लागि महिलातर्फ दुई, अपांगता वा अल्पसंख्यकतर्फ तीन र अन्यमा चार गरी नौ जना उम्मेदवार रहेका छन् ।

महिलातर्फ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट वाणगंगा नगरपालिका–८, ढोडेकोल कपिलवस्तुुकी विमला घिमिरे र नेपाली कांग्रेसका तर्फबाट लमही नगरपालिका–५ की गिरिजादेवी न्यौपाने, अल्पसंख्यकरअपांगतातर्फ नेकपाबाट तुलसीपुुर उपमहानगरपालिका– १२ का जगप्रसाद शर्मा, कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिका–५ का मेराज अहमद हलवाई र समाजवादीका नेपालगञ्ज उपमहानगरपालिका– ७ का सुुनीलकुुमार सिंघल उम्मेदवार छन् ।

त्यस्तै अन्यमा नेकपाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का गोपाल भट्टराई, कांग्रेसका छत्रदेव गाउँपालिका– ४ अर्घाखाँचीका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाका कपिलवस्तुु नगरपालिका–९ का शिवप्रसाद पौडेल र समाजवादी पार्टीका गुुलरिया नगरपालिका–१ बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार छन् ।

कुल तीन सय पाँच मतदातामध्ये प्रदेशसभा सदस्य ८७ र एक सय नौ स्थानीय तहका प्रमुुख र उपप्रमुुख गरी दुुई सय १८ जना रहेका छन् । जसमा प्रदेशसभातर्फ प्रतिमतदाता ४८ मतभारका दरले ४१७६ तथा स्थानीय तहतर्फ प्रतिमतदाता १८ का हिसाबले ३९२४ मतभार गरी कुल ८१०० मतभार रहेको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया