पानी पर्ने प्रणाली फेरि सक्रिय हुँदै : मङ्गलबारभन्दा बुधबार पानी पर्ने सम्भावना धेरै

 माघ १३, २०७६ सोमबार ७:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

साेमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

साेमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । उहाँका अनुसार यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसमविद् प्रधानाङगले जानकारी दिनुभयो ।

मौसमविद् प्रधानाङ्गका अनुसार मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया