प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औँ सिजन आउँदाे मार्च २९ तारिखदेखि सुरु हुँदैछ । फाइनल खेल मे २४ मा हुने छ ।
आईपीएलको खेल समयमा कुनै पनि परिवर्तन भएको छैन । झण्डै सबैजसाे खेल राति ८ बजे देखि नै सुरु हुने जनाइएको छ । यस सिजनकाे आईपीएलमा पाँच दिन मात्रै दैनिक दुई वटा खेल हुने छन् ।
आईपीएल गभर्निङ काउन्सिलको बैठकपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले खेलकाे समयमा कुनै पनि परिवर्तन नगरिएको जानकारी दिए ।
यसैगरी यो सिजनदेखि 'कन्कशन सब्सटिच्युट' नियम लागू हुने छ भने थर्ड एम्पाएरले नो बलमा पनि निर्णय गर्न पाउने छन् । 'कन्कशन सब्सिच्युट' नियम गत वर्ष एसेज टेस्टबाट लागू भएको थियो । त्यतिबेला स्टिभ स्मिथ घाइते भएपछि मार्नस लाबुशेन टिममा आएका थिए ।
'कन्कशन सब्सिच्युट' नियम भनेकाे घाइते खेलाडीकाे ठाउँमा अरु नै खेलाडीले खेल्न पाउने नियम हाे ।
गएकाे संस्करणको आईपीएलमा नो बलका विषयमा धेरै टिप्पणी भएपछि यस वर्षदेखि थर्ड एम्पाएरले नो बलमा निर्णय गर्न पाउने भएका हुन् ।
आईपीएल सुरु हुनुभन्दा तीन दिनअघि 'अल स्टार्स गेम' आयोजना गर्ने निर्णय पनि गरिएको छ । यसमा अन्तर्राष्ट्रिय चर्चित खेलाडीको एउटा टिम र भारतीय टिमबीच 'शो म्याच' हुने छ ।