दक्षिण कोरियामा कर्णाली प्रदेश सम्पर्क मञ्च गठन, कोरियामा कार्यरत श्रमिकको हितमा काम गर्ने

 माघ १४, २०७६ मंगलबार १२:१७:४२ | उज्यालो सहकर्मी

सुुुर्खेत – कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरु एक भएका छन् । ‘कर्णाली प्रदेशको शान, परदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया आइतबार गठन भएको हो ।

पदम बहादुर बस्नेत (प्रकाश) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । मञ्चको बरिष्ठ उपाध्यक्षमा केपी कुसारी तथा उपाध्यक्षमा धर्म तिवारी र प्रदिप खत्री निर्वाचित हुनुभएको छ ।

महासचिवमा भक्तराज योगी, कोषाध्यक्षमा कमल केसी र सचिवमा भिम रोकाय तथा सदस्यहरुमा गणेश कोइराला, सञ्जय वली, डलुु भण्डारी, हरिस चन्द्र, भेषबहादुर थापा र तिलक हमाल रहनुु भएको छ ।

विशेष गरी कोरियामा कार्यरत कर्णालीबासीको समस्या समाधानमा काम गर्ने र सबै नेपालीको हितका लागि अन्य सामाजिक संघसंस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने मञ्चले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले मातृभूूमिको झझल्को मेटाउन र दक्षिण कोरियामा कार्यरत नेपालीलाई केही समस्या परेमा मिलेर अघि बढ्न आफूहरु संगठित भएको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया