बर्दियामा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप : दुई जना पक्राउ, दुई जना फरार

 माघ १४, २०७६ मंगलबार १९:१३:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको मधुवन नगरपालिका ४ मौवामा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहबीच झडप भएको छ ।

बबई नदीको नगर किनारमा झडपमा परी प्रहरी जवान गंगाराम चौधरी घाइते हुनुभएको छ । चौधरीलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

विप्लव समूहकाे बैठक भइरहेको भन्ने सुराकीको आधारमा प्रहरी मौवामा रहेको एनसेल टावर नजिकै पुगेको थियो ।

त्यसक्रममा विप्लव समूहका २ जना पक्राउ परेका छन् । अरु २ जना भने भागेका जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ  । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया