कलैया उपमहानगरपालिका-५ का वडाध्यक्षकाे निधन : उपमहानगरमा बुधबार शाेक बिदा

 माघ १४, २०७६ मंगलबार २०:५०:१७ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको कलैया उपमहानगरपालिका-५ का वडाध्यक्ष रामअयोध्या मण्डलको मंगलबार निधन भएको छ ।

उहाँकाे मंगलबार साँझ कलैयाको बरेवा टोलमा रहेको आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि कलेजाेको क्यान्सरबाट पीडित मण्डल घरमै बसेर औषधि सेवन गरिरहनु भएको थियो । 

वडाध्यक्ष मण्डलको शोकमा कलैया उपमहानगरपालिकाले बुधबार बिदा दिएको छ । मंगलबार बसेको उपमहानगरपालिकाको आकस्मिक बैठकले भोलि बिदा दिने निर्णय गरेको नगर प्रमुख राजेश राय यादवले जानकारी दिनु भयो । 

तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएका मण्डलकाे बुधबार दाहसंस्कार गरिने परिवारले जनाएको छ । मण्डलको पाँच छोरी र एक छोरा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया