बाटोमा खोला, गाडी चालकले नियन्त्रण गुमाए के होला ?

 साउन ७, २०७५ सोमबार १८:५२:१६ | उज्यालो सहकर्मी

तेर्‍हथुम – ठूला, साना गाडीको ताँती लाग्ने सडकमा खोलो बगेको छ ।

त्यही पानी र हिलोमा कतैकतै देखिएको बाटोको डोरो पछ्याउँदै गाडी गुड्छन् । कहिले गाडी हिलोमा फस्छ, कहिले छेउमा खस्न खोज्छ । धन्न चालकले होसियारीपूर्वक गाडी चलाइरहेका छन् । देशका धेरै ग्रामिण सडकमाजस्तै देखिने यो दृश्य हो कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले हुँदै तेह्रथुमको म्याङलुङ जाने सडकको ।

हरेक वर्षायाममा सडकको यही हालत हुन्छ । वसन्तुपुरबाट म्याङलुङसम्मको २६ किलोमिटर बाटो पार गर्न ६ घण्टा लाग्छ । हिले बाटोले यात्रु, चालक र बाटो छेउछाउमा घर भएका बासिन्दा समेत हैरान छन् । तर सडक बनाउने जिम्मा पाएका निकायले प्रभावकारी काम गर्न सकेका छैनन् । हेर्नुहोस् भिडियो :

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • Ganesh Bahadur Dhami

    July 29, 2018, 10:18 a.m.

    रेल ल्याउने सपना देखाउनुस जनतालाइ यसै गरि दुख दिनुस बाकी भन्नु केही छैन

  •  0 Reply
  • Sharban sah

    July 23, 2018, 10:17 p.m.

    साह्रै राम्रो , अझै गहिरो फोला भए पो ओली सरकारको रेलगाडी चल्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया