भ्रमण वर्ष सफल पार्न मकवानपुरमा ‘हेटौँडा रन’

 माघ २५, २०७६ शनिबार १८:५२:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौँडामा पहिलो पटक हेटौँडा रन कार्यक्रम भएको छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन गरिएकाे हेटौँडा रनकाे पुरुषतर्फको १० किलोमिटर दौडमा सशस्त्र प्रहरीका अजित कुमार यादव पहिलो, नेपाली सेनाका टंक कार्की दोस्रो र ससस्त्र प्रहरीका गणेश सिंह ठकुरी तेस्रो हुनुभएको छ ।

महिला तर्फको पाँच किलोमिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ पहिलो, नेपाल प्रहरीकी राजपुरा पछाईं दोस्रो, नेपाली सेनाकी सरस्वती भट्टराई तेस्रो, नेपाल प्रहरीकी बिर्सना कुमाल चौथो र जुनेली सुनार पाँचौँ हुनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया