प्यारासाईटले जित्यो ओस्कार २०२० को उत्कृष्ट चलचित्र अवार्ड

 माघ २७, २०७६ सोमबार ११:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यस वर्षको ओस्कारमा कोरियन चलचित्र प्यारासाईटले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

हलिउड चलचित्रको सबैभन्दा सम्मानित अवार्डका रुपमा रहेको ओस्कारमा यो वर्ष बोङ्ग जून-होको निर्देशनमा बनेको चलचित्र प्यारासाईट सर्वोत्कृष्ट ठहरिएको हो । सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि प्यारासाईटका निर्देशक बोङ्गले नै जिते । 

सर्वोत्कृष्ट चलचित्रमा प्यारासाईटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो र्‍याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो । प्यारासाईटले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अर्थात अंग्रेजी भाषाभन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ । 

अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा बिहान भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते । 

यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितिन् । ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्र : प्यारासाईट

सर्वोत्कृष्ट निर्देशकः बोङ्ग जून–हो (प्यारासाईट)
सर्वोत्कृष्ट अभिनेत्रीः रेने जेल्वेगर (जुडी)

सर्वोत्कृष्ट अभिनेताः वाकिन फिनेक्स (जोकर)
विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्रः प्यारासाईट

सर्वोत्कृष्ट सहअभिनेत्रीः लोरा डर्न (म्यारिज स्टोरी)
सर्वोत्कृष्ट सहअभिनेताः ब्राड पिट (वन्स अपअन अ टाइम इन हलिउड)

सर्वोत्कृष्ट ओरिजिनल सङ्गः आइएम गन लभ मी अगेन (रकेटम्यान)
सर्वोत्कृष्ट ओरिजिनल स्कोरः जोकर

सर्वोत्कृष्ट मेकअप एण्ड हेयरः बम्बशेल
सर्वोत्कृष्ट भिजुअल इफेक्ट्सः १९१७

सर्वोत्कृष्ट चलचित्र सम्पादनः फोर्ड भर्सेज फरारी
सर्वोत्कृष्ट ध्वनी समिश्रणः १९१७

सर्वोत्कृष्ट ध्वनी सम्पादनः फोर्ड भर्जेज फरारी
सर्वोत्कृष्ट सिनेटम्याटोग्राफीः १९१७

सर्वोत्कृष्ट छोटो अवधिको वृत्तचित्रः लर्निङ्ग टू स्केटबोर्ड इन वारजोन (इफ यू आर ब गर्ल)
सर्वोत्कृष्ट वृत्तचित्रः अमेरिकन फ्याक्ट्री

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः लिटल वुमन
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः वन्स अपअन अ टाइम इन हलिउड

सर्वोत्कृष्ट एनिमेटेड चलचित्र (छोटो अवधि): हेयर लभ
सर्वोत्कृष्ट लाइभ एक्सन (छोटो अवधि): द नेवर्स विन्डो

सर्वोत्कृष्ट एडप्टेड स्क्रीनप्लेः जोजो र्‍याबिट
सर्वोत्कृष्ट ओरिजिनल स्क्रीनप्लेः पारासाइट

सर्वोत्कृष्ट एनिमेडेट चलचित्रः टोइ स्टोरी ४
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया