बुधबार वन, रिंगिट र बहराइन दिनारको भाउ बढ्यो

 माघ २९, २०७६ बुधबार १०:४४:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार मलेसियन रिंगिट, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित साउदी र कतारी रियालका साथै यूएई दिर्हामको भाउ भने मंगलबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो पनि डरलको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा नै थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा नै तोकिएको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर २९७ रुपैयाँ २९ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा थियो । 
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा रहेको थियो । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३१ पैसा रहेको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया