नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, न्यादी खोलामा निर्माणाधिन न्यादी जलविद्युत आयोजनाको काम रोकिएको छ ।
चिनियाँ जिज्याङ हाइड्रो इन्स्टलेसन कम्पनीले निर्माण गरिरहेको ३० मेगावाटको आयोजनामा कार्यरत चिनियाँ कामदार चीनबाट नफर्केपछि आयोजनाको काम रोकिएको हाे ।
आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले चीन गएका आयोजना प्रमुख, प्राविधिक र श्रमिकहरुको टोली चीनमा फैलिएको कोरोना भाईरसका कारण नेपाल नआएपछि काम राेकिएकाे जानकारी दिनुभएकाे छ ।
‘६० जना चिनियाँ कामदार मध्ये ५६ जना नयाँ वर्ष मनाउन माघको पहिलो हप्ता चीन गएका थिए । तर कोरोनाका कारण उनीहरु नेपाल आएका छैनन् । कामदार नआएका कारण झण्डै १ महिना आयोजनाको काम हुन सकेको छैन,’ गुरुङले भन्नुभयो, ‘चार जना चिनियाँ कामदार भने यतै छन् । आयोजनामा कार्यरत नेपाली कामदार पनि अहिले बिदामा छन् ।’
निर्धारित समयमा काम सक्न कठिन
चिनियाँ कामदार नफर्केका कारण निर्धारित समयमै आयोजनाको काम सक्न कठीन हुने उहाँले बताउनुभयो । ‘एक महिनासम्म काम भएको छैन । कामदार आएका छैनन् । निर्धारित समयमै आयोजनाको काम सक्न गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘आयोजना निर्माणको काम केही समय लम्बिन सक्छ ।’
आउँदो चैत मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको यस आयोजनाको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भईसकेको पनि गुरुङले बताउनुभयो ।यस आयोजनाको निर्माण कार्य २०७३ चैतबाट सुरु भएको हो ।
आयोजनाले जनाएअनुसार आयोजनाको पावर हाउस, टनेल निर्माणको काम सकिएको छ । ‘पेनस्टक पाइप जोड्ने कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ,’ गुरुङले भन्नुभयो । नदीको बवमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।