माैसम : धेरै ठाउँमा बाक्लो तुवाँलो लाग्ने, पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना

 फागुन ५, २०७६ सोमबार १८:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साेमबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँको मौसम सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले धेरै ठाउँमा बाक्लाे तुवाँलाे लागेकाे जानकारी  दिएकाे छ । 

महाशाखाका अनुसार जमिन र वायुमण्डलबीचको वायुलाई छेक्ने तहका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर बिस्तारै हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा तल्लाे सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो बढेको मौसमविद् मीनकुमार अर्यालले बतानुभयो ।

यस्तै साेमबार पश्चिमी वायुका कारण पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया