पूर्वसांसद ज्ञवालीकाे निधन

 फागुन ६, २०७६ मंगलबार ११:११:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको मङ्गलबार निधन भएकाे छ । 

ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उहाँका निधन भएकाे हाे । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित हुनुहुन्थ्यो र दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।

विसं २००१ कात्तिक १ गते जन्मनुभएका विसं २०४८ को आम चुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

उहाँको निधनप्रति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, 'नेपाली काङ्ग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान् अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली काङ्ग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।'  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया