क्वारेन्टाइनमा राखिएका कसैमा कोरोना भाइरसको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय

१७५ जनामध्ये कसैमा संक्रमण नपाइएको मन्त्रालयले जनाएको हो ।

 फागुन ७, २०७६ बुधबार १६:१८:२० | विना न्याैपाने
unn.prixa.net

चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन अर्थात् डाक्टरको निगरानीमा राखिएका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

नमुना परीक्षण गरिएका १७५ जनामध्ये कसैमा संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चीनबाट ल्याइएकाहरुमा कोरोना नभएको पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा उनीहरुलाई जसरी राखिएको थियो क्वारेन्टाइनमा पनि त्यसरी नै राखिएको जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा १ सय ३५ जना पुरुष र ४० जना महिला गरी १ सय ७५ जना रहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया