शुक्रबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने

 फागुन ८, २०७६ बिहिबार ७:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बिहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो पहाडी क्षेत्रको थोरै ठाउँमा हल्का पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ । यस्तै बिहीबार रातिदेखि यो प्रणाली अझै सक्रिय हुने देखिएकाले राति देशभरिकै मौसम बदली भइ केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

बिहीबारभन्दा शुक्रबार देशका धेरै ठाउँमा हिउँ र पानी पर्ने छ ।  शनिबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् पौडेलको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया