एमसीसीकाे अन्तिम प्रतिवेदन शुक्रबार बुझाइने

 फागुन ८, २०७६ बिहिबार १७:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउने भएको हो ।

कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा शुक्रबार टुंगो लाग्ने बताउनुभयो । बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भन्नुभयो, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ । अन्तिम रुप दिएर बुझाउने प्रकृयामा छौ‍ं । भोलिसम्म प्रकृया पूरा गर्छ होला ।’ 

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीर्य समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ । 

कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य रहनुभएको छ । यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताउनुभएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया