एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम...
बैशाख ६, २०८१ बिहिबार
सुुर्खेत - दुई लाख रुपैयाँ घुससहित सुर्खेतमा एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले सेवाग्राहीबाट दुुई लाख रुपैयाँ घुससहित केसीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । भेरीगंगाकाे बराहमा रहेकाे झाेलुङगे पुल निर्माणको भुक्तानी गराउनका लागि आफूले सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट केसीले घुस मागेको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा सबै भन्दा बढी भ्रष्टाचारविरुद्ध उजुरी पर्ने स्थानीय तहमा पनि भेरीगंगा नगरपालिका पर्छ । सूचना अधिकारी सापकोटाले बिहीबार मात्रै सेवाग्राहीको उजुरीका आधारमा कागजपत्र माग गर्दै नगरपालिकालाई पत्र लेखेको पनि जानकारी दिनुुभयो ।