आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु : पहिलाे खेल भारत र अष्ट्रेलियाबीच

 फागुन ९, २०७६ शुक्रबार १४:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अष्ट्रेलियामा आज शुक्रबारदेखि महिलाको टी-२० विश्वकप सुरु भएकाे छ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र अष्ट्रेलिया खेलिरहेका छन् । 

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि सिड्नीमा सुरु भएकाे छ । प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा बाँडिएको छ । दुवै समूहका शीर्ष दुई/दुई समूह प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछन् । 

समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, श्रीलङ्का र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा इग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, र थाइल्याण्ड छन् । 

चार पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई घरेलु मैदानमा सबैभन्दा प्रमुख दावेदार मानिएको छ । प्रतियोगिताको फाइनल अन्तर्राष्ट्रिय नारी दिवसका दिन अर्थात मार्च ८ तारिखमा मेलबर्नमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया