चीनको छिङहाई प्रान्तका सबै कोरोना सङ्क्रमित बिरामी घर फिर्ता

 फागुन ९, २०७६ शुक्रबार १९:५१:५१ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।  
 
देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै बिरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । शुक्रबार बिहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । 

अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ । उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएको पनि जानकारी दिएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया