कोरोना भाइरस सङ्क्रमितका लागि वुहानमा चार हजार शय्याको नयाँ अस्पताल तयार

 फागुन ९, २०७६ शुक्रबार २०:५६:२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ ।

कुल तीन हजार ६९० सीट क्षमताको अस्पतालको निर्माण पूरा भएर बिहीबार परीक्षण भैसकेको निर्माणमा संलग्न एक कम्पनीले बताएको छ । अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ ।

कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् ।  

कोरोनाभाइरसको प्रकोपबीचमा शय्याको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ । ती अस्पलालहरूको कुल २० हजार शय्याबाट प्रायः कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिइँदै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया