रस टेलरकाे विश्व कीर्तिमान : तीन वटै फर्म्याटमा एक सय खेल खेल्ने पहिलाे खेलाडी

 फागुन १०, २०७६ शनिबार ९:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्डका ब्याट्सम्यान रस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन वटै फर्म्याटमा एक सय खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

न्युजिल्याण्डमा भारतविशरुद्धकाे पहिलाे टेस्ट खेल्ने क्रममा उनकाे याे विश्व कीर्तिमान बनेकाे हाे । यससँगै उनी टेष्ट, एक दिवसीय र टी-२० अन्तर्राष्ट्रियमा एक सय खेल खेल्ने विश्वकै पहिलाे खेलाडी बनेका हुन् ।

सयौँ टेष्ट खेलरहेका टेलर अहिले क्रिजमा छन् । भारतलाई १६५ रनमा अल आउट गरेपछिकाे जवाफी ब्याटिङका क्रममा ओपनिङ ब्याट्स्म्यान टम ब्लण्डल आउट भएपछि कप्तान केन विलियम्सनलाई साथ दिन उनी क्रिजमा आएका हुन् । विलियम्सन पनि अर्का ओपनिङ ब्याट्स्म्यान टम लाथम आउट भएपछि क्रिजमा आएका हुन् ।

उनी न्युजिल्याण्डका टेष्टमा एक सय खेल खेल्ने उनी चौथो खेलाडी हुन्। यसअघि स्टेफेन प्लेमिङ, ड्यानिएल भिटोरी र ब्रेण्डन म्याक्कलमले टेष्टमा न्युजिल्याण्डका लागि याे कीर्तिमान बनाइसकेका छन् ।

टेलरले २ सय ३१ एक दिवसीय तथा टी-२० फर्म्याटकाे एक सय वटा खेल खेलिसकेका छन् । उनले सन् २००६ मा एक दिवसीय तथा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए भने २००७ मा टेष्टमा डेब्यु गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया